पाटे चितुवा प्राविधिक टोलीको नियन्त्रणमा
बनेपा, २५ साउन । गाउँ पसेको पाटे चितुवालाई स्थानीय बासिन्दाले कोठामा थुनेर प्राविधिक टोलीलाई जिम्मा लगाएका छन् ।
काभ्रेपलाञ्चोकको मादनकुँडारी गाविसको दोभानमा अकस्मात आएको पाटे चितुवालाई चिकित्सकसहितको प्राविधिक टोलीले आज नियन्त्रणमा लिएको हो ।
स्थानीय बासिन्दाले झुक्याएर कोठामा थुनेको पाटे चितुवालाई ललितपुरस्थित चिडियाघरबाट गएको डा राधाकृष्ण घर्ती नेतृत्वको टोलीले बेहोस बनाएर नियन्त्रणमा लिएको जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका सहायक वन अधिकृत बाबुराम अर्यालले जानकारी दिनुभयो ।
चितुवालाई बेहोस बनाएर खोरमा राखेर ललितपुरस्थित चिडियाघरमा ल्याउँदैछौँ उहाँले भन्नुभयो । स्थानीय बासिन्दाको खोरमा रहेका दुईवटा बाख्रा खाए पनि चितुवाले मानवीय क्षति भने पु¥याएको छैन ।
अर्यालले दिएको जानकारीअनुसार स्थानीय बासिन्दाकोे खोरभित्र पसेर चितुवाले बाख्रा खाइरहेको अवस्थामा चितुवालाई लखेटिएको र आत्तिएर एउटा घरमा पसेपछि थुनेर प्राविधिक टोलीलाई खबर गरिएको थियो ।
चितुवालाई घाउ वा चोटपटक लागेको भए त्यसलाई उपचार गरेर चिडियाघरमा नै राखिन्छ जिल्ला वन कार्यालयका वन संरक्षण अधिकृत गणेश रायले बताउनुभयो ।
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
प्रतिक्रिया