कुष्ठरोग नियन्त्रण अभियान सुरु
वीरगन्ज, २५ साउन । शरीर छुँदा वा घोच्दा थाहा नहुने लाटो, फुस्रो वा रातो रङ्गको दाग छ, वा हातखुट्टा झमझमाउ“छन् भन्ने होस पुर्याउनु होला । यो कुष्ठ रोगको लक्षण पनि हुन सक्दछ । त्यसैले यस्तो लक्षण थाहा पाउने बित्तिकै नजिकको स्वास्थ्य संस्था वा छाला रोग विशेषज्ञ कहा“ गएर जा“च गराउन नबिर्सनु होला ।
कुष्ठरोग निवारण गर्ने उद्देश्यले जिल्ला जनस्वास्थ्य कार्यालय पर्साद्वारा यहा“ आयोजित ‘कुष्ठरोग रोकथाम कार्यक्रम’ को उद्घाटन गर्दै स्वास्थ्य मन्त्रालय कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सो कुरा बताउनुभएको हो ।
उहा“ले छालामा घाउ हुनु कुष्ठरोगको प्रारम्भिक बाहिरी सङ्केत हो भन्दै यसले छाला, हातखुट्टा र आ“खामा स्थायी क्षति पुर्याउन सकिने भएकोले यसको लक्षण देखिने बित्तिकै उपचार गराई हाल्नुपर्दछ भन्नु भयो ।
यो रोग पूर्णरुपमा निको हुने रोग हो, निर्देशक पाण्डेले भन्नुभयो– “कुष्ठको पुष्टि भएपछि आम व्यक्ति रोग निको नहुने वा कुनै व्यक्ति त्यसले सङ्क्रमित हुने आशङ्काले त्रस्त हुनुहुँदैन ।” सुरुवाती अवस्थामा यसको उपचार सजिलै हुन्छ ।
सर्ने र नसर्ने कुष्ठरोग क्रमशः एक वर्ष र छ महिना औषधि खाए यो पूरै निको हुन्छ, उहा“को दाबी छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख जनस्वास्थ्य अधिकृत अरुणकुमार महतोले सन् २०१० मा यो जिल्लामा कुष्ठरोग निवारण भइसकेको थियो तर त्यसपछि पुनःकुष्ठरोगीको सङ्ख्या बढ्दै गएपछि यसको निवारणका लागि यो अभियानमुखी कार्यक्रम सञ्चालन गरिएको हो भन्दै यो कार्यक्रमको सफलताका लागि सक्रिय सहयोग, समन्वय र सहकार्य गर्न सबैसँग आग्रह गर्नुभयो ।
सन् २०१० मा जिल्लामा प्रति १० हजार जनामा एक प्रतिशतमा कुष्ठरोगी भेटिएको थियो त्यसपछिका वर्षमा कुष्ठरोगीको सङ्ख्या क्रमशः बढ्दै गई अहिले प्रति १० हजारमा १ दशमलव ८९ प्रतिशत कुष्ठरोगी पुगेपछि यो अभियान सुरु गरिएको हो ।
जिल्लामा यस वर्ष १२३ जना र गत वर्षसमेतका गरी कुल २१४ कुष्ठरोगी फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको सम्पर्कमा रहेका छ हजार ४२० जनालाई यो औषधि खुवाउने लक्ष्य रहेको जानकारी जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले दिएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया