शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:४१
वासिङटन डिसी 15:56

बाढीपहिरो पीडितलाई राहत, तराईमा सुख्खाबारे ध्यानाकर्षण

इनेप्लिज २०७२ साउन २४ गते १४:१६ मा प्रकाशित

Rss_Images_1439125039069_RS-KTM-samsad 4-24-3काठमाडौँ, २४ साउन । व्यवस्थापिका संसद्को आजको बैठकमा शून्य समयमा सांसद्हरुले बाढीपहिरो पीडितलाई उचित राहत र व्यवस्थापन तथा तराईमा सुख्खाको समस्यालाई समाधानका लागि सिँचाइको व्यवस्थालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद्ले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनमा ढिलाइ भएको, सुर्खेत अस्पताल अव्यवस्थित भएको विषयमा पनि चिन्ता व्यक्त गर्नुभयो ।

सांसद्हरु अर्जुनप्रसाद जोशी, अनन्तप्रसाद पौडेल, अनुराधा थापा मगर, अखीलाल ओखडा, अब्दुल रज्जाक, अमरबहादुर थापा, देवराज भार, डा अमरेशकुमार सिंह, आनन्दप्रसाद पोखरेल, इस्तियाक अहमद खान, उदयशमशेर जबरा, उमेशकुमार यादव, कमलप्रसाद पङ्गेनी, कमलादेवी शर्मा, कमला दोङ, काशीनाथ अधिकारी, अनिता देवाकोटा, इन्द्रा झा, कुटेकु नेपाली, केदारप्रसाद सञ्जेल तथा कौशर शाहले शून्य समयमा आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया