शनिबार, असार ५ २०७८
काठमाडौं १४:०९
वासिङटन डिसी 04:24

सिद्धबाबा नजिक बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन

इनेप्लिज २०७२ साउन २४ गते १३:४७ मा प्रकाशित

accident-signपाल्पा, २४ साउन । पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा नजिकै शनिबार सडकमाथिबाट खसेको पहिरोले बस बगाउँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

पाल्पाको ताहँु गाविस–८ की ४० वर्षीया विष्णुमाया श्रेष्ठको आज शव भेटिएपछि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको प्रहरीले बताएको छ ।

श्रेष्ठकी छोरी १७ वर्षीया विद्या र गुल्मी सिरसिरे गाविसका २६ वर्षीय विष्णुबहादुर थापाको हिजै शव फेला परेको थियो । तानसेनबाट बुटबलतर्फ जाँदै गरेको लु १ ख ५७७१ नम्बरको बस पाल्पाको सिद्धबाबा नजिकै सडकमाथिबाट खसेको पहिरोसँगै १५० मिटर तल तिनाउ खोलामा पुगेको थियो ।

प्रतिक्रिया