बागलुङ जिल्लालाई विभाजन नगर्न सभासद्हरुद्वारा लिखित ध्यानाकर्षण
काठमाडौँ, २४ साउन । प्रादेशिक सीमाङ्कनमा बागलुङ जिल्लालाई विभाजन गर्न नहुने धारणासहित बागलुङ र धौलागिरि अञ्चलका विभिन्न जिल्लाका डेढ दर्जन सभासद्ले लिखित ध्यानाकर्षण गराउनुभएको छ ।
संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको जारी बैठकमा सो क्षेत्रका सभासद्हरुले बागलुङ जिल्लाले पाइरहेको सुविधासमेत वञ्चित हुने गरी सीमाङ्कनमा शीर्ष नेताबाट सहमति भएकामा विरोध जनाउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताको पहिलो परिणाम नै आफूहरुलाई थाहा नपाई बागलुङ टुक्रिएको समाचारबाट थाहा पाउनुपरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका सभासद् प्रकाश पौडेलले पनि बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङलगायतका जिल्लाका सभासद्ले बागलुङ जिल्लालाई विभाजन नगर्न समितिका सभापति डा बाबुराम भट्टराईसमक्ष ध्यानाकर्षण गराएको बताउनुभयो ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया