अस्पताल छेउमै प्रतिबन्धित औषधि खुलेआम बिक्री

इनेप्लिज २०७२ साउन २३ गते १२:०८ मा प्रकाशित

पथरी (मोरङ), २३ साउन । बढ्दो औषधि पसलको व्यावसायिकतासँगै विराटनगरका सरकारी र गैरसरकारी अस्पताल छेउमा सञ्चालित औषधि पसलमा प्रतिबन्धित औषधि खुलेआम बिक्री भइरहेका छन् ।

विराटनगरमा सञ्चालित कोसी अञ्चल अस्पताल, नोवेल अस्पताल, सप्तकोसी नर्सिङहोम, ग्रिनक्रस, विराटनर्सिङहोमलगायत ठूला र साना गरी दुई दर्जन अस्पताल र क्लिनिकको आसपासमा सञ्चालित औषधि पसलले प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

फार्मेर्सीका सुभास कामतका अनुसार नेपालमा दर्ता नगरिएका भारतीय औषधि कम्पनीले उत्पादन गरेका औषधि नेपालमा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ । विष सेवनबाट ज्यान जोगाउने औषधि (फार्म) लगायतका धेरै औषधि पाइन्छन् यी सबै नेपालमा प्रतिबन्धित औषधि हो ।

शल्यक्रिया गर्दा लठ्याउन प्रयोग गरिने औषधि पेडिडिन् र मोरफिन औषधि पसलमा पाइन्छन । उता कानमा प्रयोग गरिने ड्रप (क्यानडी बोयोटिक) पर्याप्तमात्रामा पाइन्छ । एन्टिहिस्टामिन कम्पनीको उत्पादनमा रहेको एबन्डाजोल (४० एमजी) (जुकाको औषधि) हो । सेट्रोजिन, (छाला रोग निको पार्ने) प्रयोग गरिन्छ यो क्याडिला कम्पनीको उत्पादन हो । एल्वेन्डा जोल र सेट्रोजिन जेनिक हुन् ।

अञ्चल अस्पतालमा काम गर्दै आउनुभएका एक स्वास्थ्यकर्मीले भारतबाट दुई रुपैयाँ हालेर ब्रान्ड उल्लेख नगरेको एबन्डाजोल (४० एम जि)लाई रु २० लिने गरेका छन् । पचास पैसा पर्ने भारतीय औषधि सेट्रजिनलाई विराटनगरमा रु पाँच लिने गरेका छन् । ब्रान्डको लोगो र नाम खुलाएमा भारतीय औषधि कम्पनीले सरकारलाई मोटो रकम भ्याट बुझाउनुपर्ने हुनाले जेनिक औषधिमा ब्रान्डको नाम र लोगो राख्दैनन् । यी औषधि सबै नेपालमा भारतको रेटभन्दा पाँचगुणा महँगो दाममा बिक्री हुन्छन् ।

यता औषधि व्यवस्था विभाग पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख गणेश तामाङले बिक्री भइरहेका प्रतिबन्धित औषधि भेटिएमा कारबाही गरिने बताउनुभयो ।

प्रतिक्रिया