मोटरसाइकलको ठक्करबाट नाबालिकाको मृत्यु

इनेप्लिज २०७२ साउन २३ गते ११:५८ मा प्रकाशित

300px-Panchthar_district_locationपाँचथर, २३ साउन । पाँचथरको भारपामा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शणबहादुर पन्धाकको तीन वर्षीया छोरी दिनीशा पन्धाक रहेकी छिन् ।

बाटोमा खेल्ने क्रममा बा४७प ३३५५ नंको मोटरसाइकले ठक्कर दिएर गम्भीर घाइते भएकी दिनीशाको उपचारका क्रममा जिल्ला अस्पताल पाँचथर ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ठक्कर दिने ताप्लेजुङका मङ्गलसिंह साँवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया