कपिलवस्तु जिल्ला अदालत तीन सातादेखि न्यायाधीशविहीन
तौलिहवा (कपिलवस्तु), २३ साउन । कपिलवस्तु जिल्ला अदालत तीन साता बित्दासम्म पनि न्यायाधीशविहीन बनेपछि अदालतमा कानुनी सेवा लिन आएका सेवाग्राही मर्कामा परेका छन् ।
गत असार अन्तिम साता अदालतमा रहेका पाँचैजना न्यायाधीशको एकै पटक सरुवा भएपछि साउनको सुरुदेखि नै अदालत न्यायाधीशविहीन बनेको हो । सरुवा भएका न्यायाधीश रमाना लिएर गइसकेका छन् । अन्य जिल्लाबाट सरुवा भई आउने न्यायाधीश भने आजसम्ममा पनि हाजिर हुन नआएको अदालत प्रशासन शाखाले जनाएको छ ।
अदालतमा न्यायाधीश नहुँदा साउन १ देखि नै कुनै पनि मुद्दाको पेसीसमेत नहेरिएको अदालतका कर्मचारी बताउँछन् । मिलापत्र गर्न पर्ने मुद्दा र मुद्दा दर्ताको अनुमतिसमेत रोकिएको छ ।
यस्तै न्यायाधीश नहुँदा विभिन्न किसिमका मुद्दाबाट भएका सम्पत्ति रोक्का र फुकुवा सम्बन्धी कार्य पनि अघि बढ्न सकेको छैन । सबैभन्दा बढी थुनुवा मुद्दाका अभियुक्त मर्कामा परेका छन् ।
गत साउन १ गतेदेखि कुनै तारेखसमेत नचढेको अदालतका कर्मचारीको भनाइ छ । जिल्ला बार एसोसिएसनका अध्यक्ष हुमनाथ पाण्डेले लामो समयदेखि अदालत न्यायाधीशविहीन हुनु दुःखद भएको बताउनुभयो ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया