जापानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी

इनेप्लिज २०७२ साउन २२ गते १२:५५ मा प्रकाशित

11209533_438987222970004_1802984634140592367_n७ सेप्टेम्बर / सुक्रबार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास) को सम्मेलन जापानको टोकियोमा हुने भएको छ/ युवाकवि मोतीराम भट्टको जन्मजयन्तीका अवसर पारेर आगामी सेप्टेम्बर १९ र २० मा हुने यो सम्मेलन अनेसासको चौथो सम्मेलन हो / सन् २००९ मा अमेरिकाको न्युयोर्कबाट सुरु भएको यो सम्मेलन त्यसपछि प्रत्येक २/ २ बर्षमा आयोजना हुदै आएको छ / सन् २०११ मा बेलायत र सन् २०१३ मा अमेरिकाको वाशिंगटन डिसीमा सम्मेलन आयोजना गरिएको थियो/

यसपटकको सम्मेलनका लागि अनेसासका उपाध्यक्ष प्रकाश पौडेल माईलाको संयोजकत्वमा तयारी समिति गठन भएको छ/ यसैगरि कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न अनेसासका अध्यक्ष पदम विश्वकर्माको संयोजकत्वमा एक उच्चस्तरीय समिति पनि गठन गरिएको छ/ सो समितिमा अनेसासका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्षहरू राम खत्री र प्रकाश पौडेल माईला, महासचिव गोवर्धन पूजा र अनेसास जापानका अध्यक्ष आलोक चालिसे रहेका छन्/

समितिको हालै बसेको बैठकले बिशेष सल्लाहकार र सल्लाहकार चयन गरेको छ/ बिशेष सल्लाहकारमा डा कविता लामा , डा खगेन्द्रप्रसाद लुइँटेल , गङ्गाप्रसाद उप्रेती , डा तारानाथ शर्मा , देवमान हिराचन , भवन भट्ट, डा श्याम कार्की, र होमनाथ सुवेदी रहेका छन् भने सल्लाहकारमा डा कुमार बस्नेत , गीता खत्री , गोबिन्दराज बिनोदी , तिलक मल्ल , डा दुबसु क्षेत्री , भारती गौतम , भूषण घिमिरे र सीता पाण्डे रहेका छन् /

दुई दिने सो सम्मेलनका क्रममा कार्यपत्र प्रस्तुति, कवि गोष्ठी, छलफल तथा जापान घोषणा पत्र जारी गरिने भने बिभिन्न व्यक्तित्वहरूलाई सम्मानित गरिने, कृति बिमोचन गरिने कार्यक्रम रहेको छ/ सम्मेलनमा जापानका साहित्यकारका साथै नेपाल, अमेरिका, अष्ट्रेलिया, भारत, बेल्जियम, इजराइल, बेलायत,बर्मा लगायतका मूलुकमा रहेका सर्जकहरूको सहभागिता रहने छ/

प्रतिक्रिया