अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मेरिल्याण्डको तेश्रो अधिवेशन एवं कविता प्रतियोगिता सम्बन्धी सूचना
साहित्यप्रेमी एवं साहित्य अनुरागी नेपाली भाषी मित्रहरु ,
यस अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मेरिल्याण्ड च्याप्टरको तेश्रो अधिवेशन एवं साहित्यिक कार्यक्रम निम्न मिति,समय र स्थानमा हुन लागिरहेको छ |
तसर्थ मेरिल्याण्ड राज्यमा रहनु भएका नेपाली भाषी साहित्यप्रेमी एवं साहित्य,संस्कृति र भाषाप्रति चासो राख्नुहुने सबैलाई यस संस्थाको सदस्यता लिनु भै अधिवेशनमा सहभागी हुन अनुरोध गरिन्छ | सदस्यता सम्बन्धी थप जानकारीका लागि तल उल्लेखित पदाधिकारीहरुसंग सम्पर्क गर्नुहोला | सदस्यता यही अगष्ट १५ तारिखसम्म लिइसक्नुपर्नेछ | यो अधिवेशन मार्फत च्याप्टरको नयाँ नेतृत्व समेत चयन हुनेछ |
साथै यस अवसरमा हुने कविता प्रतियोगिताका लागि आ-आफ्ना कवितासहित उपस्थित भै दिनु हुन समेत सम्बन्धित सबैलाई अनुरोध छ |
कार्यक्रम:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मेरिल्याण्ड च्याप्टरको तेश्रो अधिवेशन
मिति: अगष्ट १६, २०१५ आइतवार
समय: दिनको ठीक १:०० बजेदेखि ४:०० बजेसम्म
स्थान: टाउसन पब्लिक लाइब्रेरी
320 York Rd, Towson, MD 21204
सम्पर्क:
तीर्थराज पाण्डेय: ४४३ ४४९ ३६६७
भुवनेश्वरी बन्जाडे: ४१० ३६९ ८३१४
भरत बराइली: ४४३ ५२७ ३५५८
गोविन्द विष्ट : ४४३ ४५३ ७०२२
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मेरिल्याण्ड च्याप्टर
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया