नेपलिज एसोसिएसन्स इन साउथइस्ट अमेरिका (NASeA) र एसोसिएसन्स अफ नेपलिज इन मिडवेस्ट अमेरिका (ANMA) को ११ औं संयुक्त सम्मेलनमा हुनेप्रतिस्पर्धात्मक बाल तथा वयस्क साहित्यिक प्रतियोगितामा सहभागी हुन हार्दिक अनुरोध

इनेप्लिज २०७२ साउन २२ गते ४:०२ मा प्रकाशित

नेपलिज एसोसिएसन्स इन साउथइस्ट अमेरिका (NASeA) र एसोसिएसन्स अफ नेपलिज इनमिडवेस्ट अमेरिका (ANMA) को ११ औं संयुक्त सम्मेलनमा हुने प्रतिस्पर्धात्मक बाल तथा वयस्कसाहित्यिक प्रतियोगितामा सहभागी हुन हार्दिक अनुरोध आगामी सेप्टेम्बर ४ देखि ६ तारिखसम्म Triad Nepalese Community Center(TNCC) द्वारा नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा हुन गइरहेको NASeA रANMA को ११ औंसंयुक्त सम्मेलनमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, NASeA र ANMA को त्रिपक्षिय सम्झौताबमोजिम प्रत्येक वर्ष प्रतिस्पर्धात्मक साहित्यिक प्रतियोगिता सन्चालन भइरहेको व्यहोरा यहाँहरुसबैलाई अवगत नै छ। विश्वको जुनसुकै कुनामा रहे पनि आफ्नो मातृभाषा, संस्कृति र साहित्यलाईकहिल्यै पनि बिर्सन नसकिने तथ्यलाई मनन गर्दै हरेक वर्ष हुने यस्तो साहित्यिक प्रतियोगितामा धेरैभन्दा धेरै स्रष्टाहरुको सहभागिता हुने अपेक्षा गरिएको छ। आफ्नो मनोभावनालाई शब्दमा परिणतगर्दा कुनै न कुनै किसिमको साहित्य बन्न जाने यथार्थ स्मरण गराउंदै यसपटक यहाँहरु सबै नै सोप्रतियोगितामा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।

हाम्रो प्यारो मातृभूमि नेपालमा गत वैशाख १२ गते गएको महाभूकम्पबाट भएकोठुलो धनजनको क्षतिलाई मध्यनजर राख्दै यसपटकको कार्यक्रममा राष्ट्रमा पर्नगएको महबिपत्तिको संयोजनमा सहयोग पुगोस् भन्ने हेतुले सोही सम्बन्धमा सकारात्मकसन्देशमुलक रचनाहरुको अपेक्षा गरिएको समेत जानकारी गराउन चाहन्छु। आफ्नो रचना वाचनगर्ने तर प्रतियोगितामा सहभागी नहुने स्रष्टाहरुलाई र आफू उपस्थित हुन नसक्ने भए पनि रचनापठाउने स्रष्टाहरुलाई अप्रतियोगी रचना अन्तर्गत समावेश गराइने व्यहोरा जानकारी गराउनचाहन्छु। यसवर्ष पनि विगतका कार्यक्रम सरह माध्यमिक तहसम्मका स्रष्टाहरुलाई “बाल साहित्यिक

प्रतियोगिता” र सो भन्दा माथिका स्रष्टाहरुलाई “वयस्क साहित्यिक प्रतियोगिता” गरि दुईवटाछुट्टाछुट्टै प्रतियोगिता सन्चालन गरिने थप जानकारी पनि गराउन चाहन्छु। साथै सबैअभिभावकहरुमा  आ-आफ्ना बालबालिकाहरुलाई सो प्रतियोगिताको बारेमा जानकारी गराइसहभागी हुनको लागि विशेष प्रोत्साहन गरिदिनुहुन पनि विनम्र अनुरोध गर्दछु।प्रतियोगितामा सहभागी हुन आवश्यक पर्ने विस्तृत जानकारी निम्न बमोजिम रहेको छ:

वयस्क साहित्यिक प्रतियोगिता:

१. रचना नेपाली भाषामा २०० शब्दमा नबढाइ लेखिएको हुनुपर्दछ।

२. रचनाको विषयवस्तु ‘महाभूकम्प २०७२’ रहेको छ, तर रचना कुनै पनि शीर्षकमा लेख्न सकिनेछ।

३. प्रतियोगितामा सामेल हुनका लागि रचनाकार स्वयं उपस्थित भइ आफ्नो रचना वाचन

गर्नुपर्नेछ।

४. प्रतियोगी रचनाहरु पूर्व प्रतियोगितामा भाग नलिएको तथा पूर्व प्रकाशित नभएको हुनुपर्नेछ।

५. पुरस्कृत स्रष्टाहरुलाई नगद पुरस्कार (प्रथम – ३०० डलर, दोश्रा – २०० डलर, तेस्रा: १०० डलर)

सहित सहभागी सबै स्रष्टाहरुलाई प्रमाणपत्र प्रदान गरिनेछ।

बाल साहित्यिक प्रतियोगिता:

१. रचना नेपाली वा अंग्रेजी भाषामा लेखिएको हुनुपर्दछ।

२. रचना  कुनै पनि विषय र शीर्षकमा लेख्न सकिनेछ।

३. शब्द संख्याको कुनै बन्देज राखिएको छैन।

३. प्रतियोगी बाल स्रष्टाले आफैँ उपस्थित भइ आफ्नो रचना वाचन गर्नुपर्नेछ।

४. प्रतियोगी रचनाहरु पूर्व प्रतियोगितामा भाग नलिएको तथा पूर्व प्रकाशित नभएको हुनुपर्नेछ।

५. उत्कृष्ट तीन बाल स्रष्टाहरुलाई $ ५० का दरले पुरस्कार र सहभागी सबै बाल स्रष्टाहरुलाई अन्य

पुरस्कार प्रदान गरिनेछ।

द्रष्टव्य: आफ्नो प्रतियोगी वा अप्रतियोगी रचना अगष्ट २५ मंगलवार, २०१५ भित्र निम्न ठेगानामा

इमेल वा हुलाक मार्फत पठाउनु पर्नेछ। कार्यक्रमको  बिस्तृत जानकारी पछी प्रकाशित गरिने छ |

इमेल : [email protected]

ठेगाना: Literary Competition 2015 | Lekhnath Dulal | 308 Valley Glen Drive

| Morrisville, NC 27560

प्रतियोगिता पारदर्शी एवं निष्पक्ष बनाउन वयस्क र बाल प्रतियोगिताको लागि ३/३ सदस्यीय

निर्णायक मण्डलको चयन कार्यक्रम स्थलमा नै गरिनेछ।

लेखनाथ ‘शिखर’ दुलाल (सम्योजक) नम्रता आचार्य

(सम्योजक)

वोयस्क शाहीत्यीक प्रतियोगिता समिती बाल साहित्यिक

प्रतियोगिता समिति

Ph: (919)-601-1919 Ph(919)342-0499

​ INLS नर्थ क्यारोलिना च्याप्टर

११ औं संयुक्त सम्मेलन, NASeA/ANMA

नर्थ क्यारोलिना, अमेरिका

प्रतिक्रिया