विद्यार्थी अभावका कारण तनहुँका अठार सामुदायिक विद्यालय बन्द

इनेप्लिज २०७२ साउन २२ गते १:४० मा प्रकाशित

दमौली, २२ साउन । आर्थिक वर्ष २०७१/७२ मा विद्यार्थी अभावका कारण तनहँुका १८ वटा सामुदायिक विद्यालय बन्द भएका छन् ।

संस्थागत विद्यालयतर्फको अङ्ग्रेजी माध्यमको पढाइतर्फ विद्यार्थीको आकर्षण बढ्न थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भई ती विद्यालय बन्द भएका हुन् । बन्द भएका विद्यालयमा सतिश्वाँरा–२ को शिव प्रावि, रुपाकोट–१ को बालज्योति प्रावि, जामुने–३ को लक्ष्मी प्रावि, तनहुँसुर–७ को भुवानी प्रावि, सोही गाविस वडा नम्बर ६ को महादेव प्रावि, मनपाङ–३ को बालदेवी प्राविलगायत रहेका छन् ।

जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले विद्यार्थी अभावले जिल्लाका १८ वटा विद्यालय बन्द भएको र ती विद्यालयका शिक्षकलाई नजिकको पायक पर्ने विद्यालयमा पठाएको जानकारी दिनुभयो ।

सहायक जिशिअ बाबुराम देवकोटाले न्यून विद्यार्थीका कारण बन्द हुने सामुदायिक विद्यालयको सङ्ख्या बढ्न थालेपछि आफूहरु त्यस्ता विद्यालय बन्द हुनबाट रोक्ने रणनीतिमा लागेको बताउनुभयो ।

प्रतिक्रिया