न्यायपरिषद् सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठ निर्वाचित

इनेप्लिज २०७२ साउन २१ गते १५:२९ मा प्रकाशित

ramकाठमाडौं, २१ साउन । नेपाल बार एसोसियसनको तर्फबाट न्यायपरिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

बारको आज बसेको केन्द्रीय पदाधिकारी बैठकमा सहमति नभएपछि निर्वाचन प्रक्रियाद्वारा वरिष्ठ अधिवक्ता ज्येष्ठ निर्वाचित हुनुभएको बारका उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिनुभयो ।

निर्वाचन प्रक्रियामा न्यायपरिषद् सदस्यका लागि उम्मेदवार हुनुभएका श्रेष्ठले १० (दश) मत र उहाँका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता बाबुराजा जोशीले छ मत र अर्का प्रतिस्पर्धी कानुन व्यवसायी बेनीबहादुर कार्कीले शून्य मत प्राप्त गर्नुभएको थियो । मतदाता संख्या कूल १६ थियो ।

बारका महासचिव सुनिलकुमार पोखरेलले न्यायपरिषद् सदस्य नियुक्तिका लागि सहमति गर्न निकै प्रयास गरेपनि सहमति नभएपछि निर्वाचनमा जाने निर्णय भएको बताउनुभयो । न्यायपरिषद् सदस्यमा निर्वाचित हुनुभएका वरिष्ठ अधिवक्ता ज्येष्ठ २०२४ सालदेखि सक्रिय रुपमा कानुनी सेवामा लाग्नुभएको छ ।

उहाँ २०३८ सालदेखि वरिष्ठ अधिवक्ता हुनुभएको थियो भने बारको पूर्वउपाध्यक्ष पनि हुनुहुन्छ । श्रेष्ठ वामपन्थी निकट हुनुहुन्छ भने प्रतिस्पर्धी जोशी काँग्रेस निकट हुनुहुन्छ ।

प्रतिक्रिया