जनताका सुझाव समेटेर संविधान जारी गर्न सुझाव
इनेप्लिज
२०७२ साउन २१ गते १३:४६ मा प्रकाशित
काठमाडौँ, २१ साउन । विश्व हिन्दू महासङ्घले संविधानको प्रारम्भिक मस्यौदामा जनताबाट आएका सुझाव समेटेर संविधान जारी गर्न सुझाव दिएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष हेमबहादुर कार्कीले संविधानमा सबैले आफ्नो अस्तित्व र अधिकार सुनिश्चित गर्न खोजेका बेला हिन्दू धर्म र संस्कृतिको संरक्षण गरी हिन्दू धर्मावलम्बीको भावनालाई सम्मान गर्न आग्रह गर्नुभयो ।
पूर्वउपरथी भरतकेशरी सिंहले नेपालमा ८० प्रतिशत हिन्दू धर्मावलम्बीको बाहुल्य रहेकाले नयाँ बन्ने संविधानमा सनातन वैदिक हिन्दू राष्ट्र सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । समाजसेवी अस्मिता भण्डारीले नेपाल भूखण्डमा अनादिकालदेखि अस्तित्वमा रहेको हिन्दू धर्म, संस्कृति तथा अभ्यास नै विश्व परिवेशमा नेपालको पहिचान भएकाले त्यो मान्यतालाई संविधानमा समेट्न माग गर्नुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया