सरकारी कार्यालयले कर तिरेनन्

इनेप्लिज २०७२ साउन २१ गते २:३३ मा प्रकाशित

पथरी (मोरङ), २१ साउन । विराटनगरका चार सरकारी कार्यालयले घरजग्गा कर तिरेका छैनन् ।

विराटनगर उपमहानगरपालिका राजस्व शाखाका अधिकृत नन्दीकेशर भण्डारीका अनुसार नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले २०६० सालदेखि अहिलेसम्म घरजग्गा कर तिरेको छैन । केन्द्रको हालसम्म घरजग्गा करबापत रु दुई करोड ११ लाख बक्यौता रहेको छ ।

त्यस्तै विराटनगर–१२ स्थित खानेपानी संस्थानले २०६५ सालदेखि घरजग्गा कर तिरेको छैन । संस्थानले रु एक करोड ९५ लाख घरजग्गा कर बुझाउनुपर्ने भण्डारीको भनाइ छ ।

विराटनगर उपमहानगरपालिकाका अनुसार नेसनल ट्रेडिङ विराटनगरले तीन वर्षदेखि घरजग्गा कर तिरेको छैन । ट्रेडिङले रु २५ लाख घरजग्गा कर तिर्न बाँकी छ । त्यस्तै कृषि सामग्री कम्पनीले रु २२ लाख घर जग्गाकर बुझाएको छैन ।

प्रतिक्रिया