स्रष्टा पूर्ण ओलीको प्रवन्ध संग्रह पुस्तक विमोचित

इनेप्लिज २०७२ साउन २० गते १७:३८ मा प्रकाशित

SZON8138

आज २०७२ साउन २० गते अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको विशेष कार्यक्रममा स्रष्टा पूर्ण ओलीको प्रवन्ध संग्रह पुस्तक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कमलमणि दीक्षित, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिष्णुबिभु घिमिरे, अन्नपूर्ण दैनिकका सम्पादक युवराज घिमिरेले विमोचन गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्द्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न श्रष्टाहरुले आ- आफ्नो मन्तब्य व्यक्त गरेका थिए । विमोचित कृतिका बारे साहित्यकार युवराज नयाघरेले समग्र पुस्तकको समीक्षा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार कमलमणि दीक्षित, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिष्णुबिभु घिमिरे, अन्नपूर्ण दैनिकका सम्पादक युवराज घिमिरे, अनेसास नेपाल च्याप्टरका अध्द्यक्ष राधेश्याम लेकाली, सदस्यहरु गीता मैनाली र यादव भट्टराई तथा विमोचित कृतिका स्रस्टा पूर्ण ओलीले आ- आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया