शुक्रबार, असार ११ २०७८
काठमाडौं १५:५२
वासिङटन डिसी 06:07

फरार अभियुक्त पक्राउ

इनेप्लिज २०७२ साउन २० गते १४:११ मा प्रकाशित

pakraauमेलम्ची, २० साउन । वैशाख १२ गतेको भूकम्पपछि सिन्धुपाल्चोक जिल्ला कारागारबाट फरार भएका अभियुक्त आज बिहान आफ्नै घरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–२ ताला माराङ बस्ने वर्ष ३९ का धनबहादुर तामाङ पक्राउ रहेका हुन् । आफ्नै दाइ शेरबहादुर तामाङलाई खुकुरी प्रहार गरी ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता भई पुर्पक्षका लागि थुनामा राखिएका तामाङ भूकम्प गएको मौका छोपी फरार भएका थिए ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटी गएको प्रहरी अधिकृतको टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्र थापाले जानकारी दिनुभयो ।

पक्राउ अभियुक्तले आफ्नै काकीलाई बोक्सीको आरोप लगाई काकीको हत्या गरी छ वर्ष जेल सजाय पूरा गरी निस्किएका थिए ।

प्रतिक्रिया