डा सुवेदी मुख्य सचिव नियुक्त

इनेप्लिज २०७२ साउन २० गते ५:२९ मा प्रकाशित

काठमाडौँ, २० साउन । नेपाल सरकारको मुख्य सचिवमा डा सोमलाल सुवेदीलाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

हालका मुख्य सचिव लीलामणि पौड्याल यही साउन २२ गतेबाट सेवा निवृत्त हुनलाग्नु भएकाले सोही मितिबाट लागू हुने गरी डा सुवेदीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया