चितवनमा डेङ्गु रोग नियन्त्रणमा
रत्ननगर (चितवन), २० साउन । चितवमा डेङ्गु रोग नियन्त्रणमा आएको छ । गएको जेठ महिनापछि अहिलेसम्म कुनै पनि मानिसमा डेङ्गु रोग नलागेको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जेठमा एक जनामा देखिएको र त्यसपछि अहिलेसम्म डेङ्गु नदेखिएको जानकारी दिनुभयो । यो बीचमा रोग बढी भएको क्षेत्र भरतपुर उपमहानगरमा घरघरमै पुगेर डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्युपा मार्ने अभियानसमेत चलाएको थियो ।
आर्थिक वर्ष २०७१÷७१ मा एक हजार ७७० बिरामीको परीक्षणमा ११९ मा डेङ्गु लागेको पाइएको उहाँको भनाइ छ । यो गएको जेठ सम्मको तथ्याङ्क हो । यसअघि चैतमा एकजनामा देखिएको डेङ्गु रोग वैशाखमा पनि भेटिएको थिएन । जेठमा पनि एक जनामा देखिएको र त्यसपछि रोगी फेला परेका छैनन् ।
“यसले जिल्लामा रोग नियन्त्रणमा आएको देखिन्छ, तर पनि ढुक्क भएर बस्नु हुँदैन, सचेत हुनुपर्छ”, केसीले भन्नुभयो । चितवनमा अघिल्लो साउनदेखि जेठसम्ममा कुल ११९ मा डेङ्गु रोग देखिएकामा ५१ चितवनकै बिरामी थिए । भरतपुर उपमहानगरमा मात्रै २७ जना थिए । त्यसैले भरतपुरमा खोज र नष्ट गर अभियान असार अन्तिम साता चलाएको थियो । अहिले पानी परिरहेको र पानी रोकिए पनि भाँडामा जमेको पानीमा त्यस्ता लामखुट्टेले फूल पार्ने भएकाले यस्ता भाँडामा पानी जम्न नदिन कार्यालयले सबैमा आग्रह गरेको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया