सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सात सय ५१ मुद्दा

इनेप्लिज २०७२ साउन १९ गते १४:१२ मा प्रकाशित

sampatiकाठमाडौँ, १९ साउन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हालसम्म ७५१ मुद्दाको उजुरी परेको छ ।

विसं २०६८ असारमा स्थापित विभागमा अवैध रुपमा कमाइएको सम्पत्तिसम्बन्धी मुद्दा दर्ता हुने गरेको विभागका प्रवक्ता शिशिर घिमिरेले जानकारी दिनुभयो । घिमिरेले दर्ता भएकामध्ये १५० उजुरीको छानबिन भइसकेको र बाँकी ६०१ उजुरी छानबिन गर्न बाँकी रहेको बताउनुभयो । उजुरी छानबिन भएकामध्ये २९ मुद्दा अदालतमा दायर भएको र बाँकी मुद्दा प्रमाण पु¥याउन नसकेर उजुरी छानबिन स्थगन भएको जनाइएको छ ।

उहाँले अदालतमा जारी भएको २९ मुद्दामा १८ वटा फैसला भएको र बाँकी ११ फैसला हुन बाँकी रहेकोे बताउनुभयो । “दर्ता भएका मुद्दामा मानव तस्करी, लागुऔषध, हातहतियार, छली, भ्रष्टाचार, वन्यजन्तुको खाग ओसारपसार, अवैध जडीबुटी बेचबिखनलगायतबाट अवैध आम्दानी गरेको देखियो,” घिमिरेले भन्नुभयो ।

उहाँले कानुन उल्लङ्घन गरेर कसले सम्पत्ति आर्जन गरेको छ भन्ने अध्ययन गर्नका लागि विभागले जनचेतनामूलक कार्यक्रम दिने, ठाउँ ठाउँमा गएर व्यापारीसँग अन्तक्र्रिया गर्ने, छापा तथा विद्युतीय माध्यममा सूचना दिने, विदेशी निकायसँग समन्वय गर्ने जस्ता काम गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया