आमा मार्ने सदा जेल चलान

इनेप्लिज २०७२ साउन १९ गते १२:२८ मा प्रकाशित

hatya-imageगौशाला, १९ साउन । आफ्नी आमाको हत्या गरेको आरोप लागेका यहाँका एक युवकलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि जेल पठाएको छ ।

गौशाला नगरपालिका– ७ बस्ने १८ वर्षीय युवक दिलीप सदालाई आफ्नै आमा ४५ वर्षीया करियादेवी सदाको हत्या गरेको आरोपमा आज पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो ।

युवक सदाले गत असार २५ गते बिहान ९ बजेको समयमा आफ्नी आमा करियादेवीलाई घाँटीमा फलामको बेल्चा प्रहार गरी हत्या गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले सदा विरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

महिला करियादेवीले बिहानै रक्सी खाएर घरमा भएका सबैलाई गाली गरेपछि छोरा दिलीपले बेल्चाले घाँटीमा प्रहार गरेको थियो ।

प्रतिक्रिया