राजविराजमा एक युवकको शव फेला

इनेप्लिज २०७२ साउन १९ गते ४:३२ मा प्रकाशित

सप्तरी, १९ साउन । सप्तरीको राजविराज नगरपालिका–१ स्थित कपडा पसलमा झुन्डिएको अवस्थामा सोमबार साँझ एक युवक मृत अवस्थामा फेला परेको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका–४ निवासी २८ वर्षीय वसन्त साह रहेको प्रहरीले जनाएको छ । गत शनिबारदेखि बेपत्ता रहेको साहको खोजी गर्दा आज कपडा पसलको भित्री कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

सो घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया