सोमबार, असार ७ २०७८
काठमाडौं ०३:४८
वासिङटन डिसी 18:03

धनगढी नगरपालिकामा आधुनिक दमकल

इनेप्लिज २०७२ साउन १९ गते ४:३२ मा प्रकाशित

damkalधनगढी, १९ साउन । दमकलको अभाव खड्किएको अवस्थामा धनगढी नगरपालिका कार्यालयले आधुनिक दमकल खरिद गरेको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जगेडा कोषको ९० प्रतिशत रकम र धनगढी नगरपालिका कार्यालयको करिब दश प्रतिशत रकमसमेत गरी करिब रु ६५ लाखमा हालै आधुनिक दमकल खरिद गरिएको कार्यालयका इन्जिनियर व्दिजराज भट्टले बताउनुभयो ।

पाँच हजार लिटर पानी सञ्चय गर्ने क्षमताको यो दमकलले ५० फिट अग्ला संरचनामा हुनसक्ने आगलागी सजिलै निभाउन सक्ने बताइएको छ ।

बर्सेनि हुँदै गएको तीव्र सहरीकरणको कारण कार्यालयसँग रहेको पुरानो दमकलले नगर क्षेत्रमा हुने गरेका आगलागीका घटना समयमै नियन्त्रणमा लिन समस्या हुँदै गएको थियो ।

बसाइँसराइ र सहरीकरणसँगै नगर क्षेत्रमा बर्सेनि झन्डै एक हजार नयाँ घर निर्माण हुने गरेको बताइएको छ । चौध वडा रहेको नगर क्षेत्रको जनसङ्ख्या करिब एक लाख चार हजार पुगेको छ ।

प्रतिक्रिया