छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, २१ घाइते

इनेप्लिज २०७२ साउन १९ गते २:४० मा प्रकाशित

accidentकावासोती, १९ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भनी २१ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार नेपालगन्जबाट काठमाडौँका लागि छुटेको ना५ख ६१३५ नम्बर बस र विपरीत दिशातर्फ गुडिरहेको ना५ख ९१०० नम्बरको ट्रक गौडाकोट–९ थुम्सी नजिकै आज बिहान करिब ४ बजे एकापसमा ठक्कर खाँदा बसमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेमध्य एक जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको प्रहरी जनाएको छ । घाइते सबैलाई उपचारका लागि चितवन लगिएको छ ।

यस्तै नवलपरासीको दाउन्ने घिउ खोला नजिकै गएराति ११ः४५ मा भएको अर्को सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार एच यार ४५ डि ९९९७ नम्बरको भारतीय गाडी ब्रेक फेल भई खोल्सामा खस्दा चालक भारतीय नागरिक ५० वर्षीय मोहमद अदिसानको घटनास्थलमै मृत्यु भएको हो ।

सोही दुर्घटनामा ट्रकका सहचालक भारतीय नागरिक २० वर्षीय मोहमद मजिद सामान्य घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया