शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:५०
वासिङटन डिसी 16:05

दुम्सी मार्न जाँदा दुईको मृत्यु

इनेप्लिज २०७२ साउन १७ गते १५:२० मा प्रकाशित

तुलसीपुर(दाङ), १७ साउन । दाङको राजपुर गाविस–७ को सालभौरी जङ्गलमा दुम्सी मार्न ओढारमा पसेका दुई जनाको निस्सासिर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँवेर कडायतले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय कुलराज चौधरी र ३८ वर्षीय दुखराम चौधरी छन् ।

शनिबार बेलुका दुम्सी मार्न भन्दै कपडा र खरमा आगो बालेर ओढारभित्र छिरेका दुवै फिर्ता नआएपछि स्थानीयले खोज्दै जाँदा ४० फिट लामो ओढारभित्र उनीहरु मृत फेला परेको उहाँले जानकारी दिनुभयो ।

उनीहरुसँगै ओढारमा पसेका अन्य तीन युवाले ओढारभित्र श्वास फेर्न अफ्ठ्यारो भएपछि बाहिर निस्किएको बताएका छन् ।

प्रतिक्रिया