उसको परिवार हेरेर ‘आइ लभ यु’ भन्न सक्दिनः कोमल वली

इनेप्लिज २०७२ साउन १७ गते ११:२० मा प्रकाशित

komal-oli-3कोमल वली पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका नेपालीको मन जित्ने गायिका हुन् । उनले बाँझो खेतमादेखि, कालो कोट, मलमलकिरी, झ्वाक तन्नेरी, पोइलाजान पाम, तिम्रो मेरो पिरतीको घरघरमा हल्ला छ लगायत दर्जनौ हिट गीत दिएकी छिन् । कहिलेकाहीँ गीतकै कारण पनि विवादमा तानिन्छिन् । उनी गीत, विवाह र सौन्दर्यले सधै चर्चामा हुन्छिन् । रेडियो नेपालकी समाचारबाचिका समेत रहेकी कोमल वलीले दैनिक नेपालका विश्वास खड्काथोकीसँग फरक विषयमा खुलेकी छिन्ः

– तीज अयो, अब त चकाचक होला नी ?

यस पटक तीजको गीत लिएकी छैन ।

– गीत संगीतमा अलि सुस्त हुन लागेको हो की कसो ?

होइन, सुस्त त हुने कुरै भएन । यसपटक चाँही भावनात्मक रुपले नगाएकी हुँ । भूकम्पप्रभावितसँग १२ गतेदेखि नै लगातार कुरा गरिरँहे । रसुवा, दोलखा, सिन्धुपाल्चोक, गोरखा धादिङ, भक्तपुर, काठमाडौं, ललितपुर लगायतका ठाउँमा पुगेर उहाँहरुको पीडा देखे । त्यसैले यसपाली नाच्न मन लागेन् । अहिलेको गीत पनि अर्को साल ल्याउँछु ।

– तपाईको गीत तीज बाहेक अरुबेला सुनिदैनन् नि !

यो महिनामामात्रै ११ वटा गीत रेकर्ड गरिसके । आइतबार पनि मनकृष्ण दाईसँग दोयत गीत रेकर्ड छ । महिनामा ७,८ वटा गीत रेकर्ड भैराख्छन् । तर, मबाट मान्छेहले हिट गर्ने खालको बुम गीतको आशा गर्छन् । त्यसैले नगनिएका होलान् ।

त्यस्तै ३४ वर्षकी थिएँ होला । दुई वर्षसम्म विवाह गर्छु भनेरै बसें । जोसँग विहे गर्छु भनेकी थिएँ, नजिक भएपछि उसको एटिच्युड राम्रो लागेन । अनि विहे नगर्ने संकल्प गरे ।

– ‘डिस्कोमा तीज’ गीत गाउँनुभएको थियो, डिस्को खुब जानुहुन्छकी क्या हो ?

komal oli (4)

काठमाडौंमा अहिलेसम्म एक पटक मात्र गएकी छु । त्यो पनि मलाई उहाँले नै डिस्कोमा तीज बजेको छ, हेर्न आउँनुस भनेर । बिदेशमा साथीहरुसँग एकदुई पटक गए होला । मेरो जिन्दगी भनेको डिस्कोबाट धेरै टाढा छ । बेलुकी पाँच बजेदेखि ११ बजेसम्म रेडियोमा नै हुन्छु ।

– तपाईको जीवन रेडियोको की संगीतको लागि ?

दुबै हो । रेडियोमा पहिला आउनुको कारण पनि गीत रेकर्ड गर्न पाइन्छ भनेर हो । मैले ०४४ सालमा पहिलो गीत रेकर्ड गराएकी थिएँ । त्यसपछि ०५२ सालसम्म कुनै गीत गाइँन । रेडियोले मेरो समय खाइदियो । समाचार कसरी बनाउन सकिन्छ ? समाचार केहो ? रिपोर्टिङ के हो ? भन्ने तर्फ लागे । ०५३ सालको वैशाखमा मात्र मलमलकिरी भन्ने एल्बम निकाले । एल्बम के निकालेकी थिएँ, जापान जाने मौका पाइहाले । त्यहाँको कार्यक्रम पनि बुम भयो । सन् १९९७ मा महजोडिसँग युकेमा टुर जाने अवसर मिल्यो । अरु कार्यक्रममा त बाहिर गएकी थिएँ । तर त्यो मेरो पहिलो म्युजिकल इन्टरनेशनल टुर थियो ।

– आनन्द चाँही रेडियोमै लाग्छ कि क्या हो ?

हो । रेडियो नेपालको काम गर्दा गाह्रो छ, चुनौती छ । हरेक स्टेपमा चुनौती आइराख्छन् । नयाँ-नयाँ प्रविधि, नयाँ टेक्नीक विकास भइरहेका छन् । हामी दिनकै सिकीरहनुपर्ने भएको छ ।

– तपाइलाई खुब स्टाइलिष्ट देखिन मनपर्छ हैन ?

komal oli (5)

मान्छेको लाइफ नै कलरफुल हो । स्टाइलिष्ट हुनु एकदमै राम्रो कुरा हो । मलाई दुई-तीन वटा कुरामा स्टाइल गर्न मन लाग्छ । सुरुमा कपाल । हेयरस्टायल बेलाबेलामा चेन्ज गरिरहन्छु । जुत्ता पनि चेन्ज गर्न मन लाग्छ । स्टाइलले मानिसलाई फ्रेस, तन्दुरुस्त बनाउँछ । फिलिङ राम्रो आउँछ । सबै स्टाइलिष्ट हुनुपर्छ भन्ठान्छु ।

अमेरिकाले किन भिसा दिएन, म आफैलाई थाहा छैन । मेरो भिसा किन रिजेक्ट गर्नुहुन्छ भनेर सोधिरहन्छु । भिसा नदिएकोमा दुःख त लाग्दैन तर, रिस उठ्छ ।

– तपाई कार्यक्रममा पनि उही खालको गेटअप, उस्तै शैलीमा प्रस्तुत हुनुहुन्छ, अब चाही उमेर ढल्कीसक्यो, अर्ड हुन्छ की जस्तो लाग्दैन ?

(लामो हाँसो) अहँ । उमेर ? उमेर त मनले नै ढल्काउने हो । समय त गैरहन्छ । तर, लौ समय गयो भन्ने चिन्ता ले त चितामा पु¥याँउछ । जहिले पनि तिमी आफूलाई जे सोँच्छौ, त्यो हौँ । मलाई जहिले पनि यौंग इनर्जेटिक छु भन्ने लाग्छ ।

– जीवनमा तपाइले लिन बाँकी अनुभव के छ ?

धेरै कुराहरु छन् । जीवन र चाहना कहिल्यै पूर्ण हुँदैन । जहिले पनि डिजायर भैरहन्छ । नेपाली संगीतमा अझै हिट गर्न मन छ ।

– अमेरिकाले तपाइलाई किन भिसा नदिएको होला ?

किन, किन । म आफैलाई थाहा छैन । मेरो भिसा किन रिजेक्ट गर्नुहुन्छ भनेर सोधिरहन्छु । कारण पनि खुलाउनुहुन्न । म कारण थाहा पाउन चाहन्छु ।

– दुःख लाग्छ ?

दुःख त लाग्दैन तर, रिस उठ्छ । नाम चलेका सबै देशहरु घुमिसके । सन् २००५ मा तीन महिनाको भिसा पाएकी थिएँ । म गएर बस्ने भए त त्यतिबेलै लुक्थे । त्यतिबेला म आफ्नो पैसा खर्च गरेर जाँन चाहिन । मलाई अरु केही होइन, प्रोफेसनल कार्यक्रममा जान्छु भन्ने मात्र हो । म एक दिन त जान्छु नै । तर, त्यहाँ बस्ने होइन म यही बस्ने हुँ । यही देशमै गाउँने, मर्ने, बाँच्ने हुँ ।

– तपाईका केही सेक्रेट छन्, जुन खुल्न बाँकी छ ?

त्यस्तो केही छ जस्तो लाग्दैन । किनकी, म खुल्ला किताब हुँ ।

– तपाईको दमालीले देख्दा अश्चर्यचकीत हुन्छन् होला हगी, कसरी मेन्टेन गरेको भनेर !

komal oli (8)

सबै साथीहरुले गर्ने प्रश्न नै त्यही हो । मेरो स्पेशल भन्ने केही छैन । म जहिल्यै खुशी रहने कोशीस गर्छु । खानेकुरामा पनि स्पेशल केही छैन । मैले गर्ने भनेको, हरेक दिन मर्निङ वाक जान्छु । आएर पानी पिउछु । त्यसपछि मज्जाले एक घण्टा एक्सरसाइज गर्छु । अनि, नुहाएर पुजापाठमा लाग्छु ।

– तपाईले ‘पोइला जान पाम’ भनेर गीत त गाउँनुभयो, तर कहिल्यै पोइला जान पाउनुभएन हगी ?

मलाई विहे गर्न मन नलागेर नगरेकी हुँ ।

राजसंस्थाप्रति आस्था राख्ने मान्छे हुँ । हिजो राख्थे, आज राख्छु र भोलि पनि राख्नेछु । यो मेरो नैतिकता हो ।

– बिहे नगर्ने संकल्प फेरि कहाँबाट आयो ?

म विहेप्रति सकारत्मक छु । विहे गर्ने योजना पनि बनाएकी थिएँ । त्यस्तै ३४ वर्षकी थिएँ होला । दुई वर्षसम्म विवाह गर्छु भनेरै बसें । जोसँग विहे गर्छु भनेकी थिएँ, नजिक भएपछि उसको एटिच्युड राम्रो लागेन । उसले मलाई हेर्ने दृष्टिकोण के रहेछ भन्ने बुँझे । संगीतको कुरा गर्दा, कसैसँग बोल्दा पनि नाँच खुम्च्याउँने । अनि योसँग विवाह गरेर जिन्दगी चल्दैन भन्ने लाग्यो ।

– कहिल्यै एक्लो महशुस हुँदैन ?
अहिलेसम्म छैन । मेरो काम र वातावरणले पनि होला । संयुक्त परिवारमा बस्छु । मेरो बाबा, आमा, दाई, भाउजु, भाई, बुहारी, बच्चाबच्ची एकै ठाउँमा बस्छौँ । बिहानदेखि बेलुकीसम्म फुर्सद छैन । दिनकै दुईतीन जना मान्छेसँग भेटिरहेकी हुन्छु ।

– एउटा अन्तरवार्तामा भन्नुभएछ, ‘म प्रेम गर्छु तर, विवाह गर्दिन ।’

प्रेमबिना मान्छे बाँच्न सक्दैन । मान्छेहरुले कोमलले ब्वाई फ्रेण्ड फेर्दै हिड्यो भन्लान । मान्छे, सधै साधु सन्त जस्तो भैरहन त सक्दैन नी । फेरि कसैसँग प्रेम गरेर विवाह गर्नुपर्छ भन्ने पनि छैन् ।

– उसो भए केको लागि प्रेम गर्नुहुन्छ त ?

प्रेमले त मान्छेलाई उर्जा प्रदान गर्छ नि ! प्रेमले त मान्छेलाई कहाँदेखि कहाँ पो पु¥याइदिन्छ त । सकरात्मक रुपले लियो भने । कतिले जिन्दगीकै आहुति गर्छन् । नो, प्रेम भनेको सेक्रिफाइस हो । उसको खुशीमा तिमी बाँच्न सिक न अति तिमलाई कति रमाइलो लाग्छ । मैले नि कसैलाई यस्तो मन पराएकी हुन्छ नी, तर व्यक्त गर्न सक्दिन । उसको आफ्नै काम, जीवन छ । उसको परिवार हेरेर आइलभ यु भन्न सक्दिन ।

– एकताका राजसंस्थाको खुब ओकालत गरिरहनुभएको थियो, राजपरिवारप्रति तपाईको सम्बन्ध के हो ?

राजसंस्थाप्रति आस्था राख्ने मान्छे हुँ । हिजो राख्थे, आज राख्छु र भोलि पनि राख्नेछु । यो मेरो नैतिकता हो । म मौसमअनुसार पालुवा फेर्ने मान्छे होइन ।

ग्रायजुयसनसम्म राजा विरेन्द्रको सहयोगले पढेकी हुँ । पञ्चायत हुँदा जन्मे, राजपरिवारको बारेमा पढे । पछि राजा विरेन्द्रबाट लोगगीतमा लागेको कदरस्वरुप गोर्ख दक्षिणवाहु पनि पाए । तर, कहिल्यै राजपारिवारसँग बस्न पाइन । राजारानीलाई टाढाबाट बाहेक देख्न, भेट्न पाईन । राज परिवारप्रति मेरो कुनै सामिप्यता थिएन र छैन पनि ।

– राजसंस्था फर्कीयोस भन्ने लाग्छ ?

कालान्तारमा जनताले महशुस गर्छन की जस्तो लाग्छ । हाम्रो जस्तो बहुँसंस्कृति, बुहभाषी, बहुजाती भएको ठाउँमा, राजा भइदिएको भए यति दुःख पाउँदैन थियौँ की भन्छन् होला । दुइ तीन पस्तापछिको कुरा गर्दैछु ।

– तपाईलाई पैसाको त कहिल्यै समस्या झेल्नुपरेन होला, पैसालाई कसरी लिनुहुन्छ ?

म सानो हुँदा धेरै अभाव झेल्न प¥यो । मेरो बाआमाले नखाइ नखाई पढाउनुभयो । मेरो बुबा राम्रो ठाउँको घर, जग्गा सबै बेचेर स्कुल पढाउनका लागि केही नभएको ठाउँमा बस्न आउँनुभएको हो । सानो घर थियो । हामी सँधै मकैको भात खान्थ्यौँ । कहीलेकाँही चामलको भात खान पाउँदा पनि खुशी लाग्थ्यो । ६ कक्षापढ्दासम्म मेरा सबै साथीहरु पोइला गैसकेका थिए । ६ कक्षापछि म एक्लै स्कुल जान्थे ।

हाम्राजस्तो देशमा पैसाको निकै आवश्यकता छ । सरकार जनताप्रति उत्तरतदायीविहीन छ । हामी निःशुल्क रुपमा उपचार पाउँदैनौं, सरकारी विद्यालयमा पढ्न पाउँदैनौ । यो नेपालीको लागि कालो रात हो । तर, पैसा कसरी कमाउने भन्ने विषयमा भने ख्याल गर्नुपर्दछ । एकैचोटी होइन निरन्तर पैसा आउने बाटो खोज्नुपर्छ । म यसरी भन्छु, पैसा सबथोक हो पनि, होइन पनि ।

komal oli (1)    komal oli (7)

प्रतिक्रिया