तरकारी खेती छाडेर लप्सी खेती तर्फ महिलाहरु

इनेप्लिज २०७२ साउन १७ गते ११:०८ मा प्रकाशित

लप्सिको_बिरुवा-300x240बनेपा, १७ साउन । व्यावसायिक तरकारी खेतीबाट विषादीको प्रयोग बढेको भन्दै काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला गाविसका महिलाले तरकारी खेती छाडेर लप्सी खेती गर्न थालेका छन् ।

महिला जागरण समूहको नेतृत्वमा उनीहरुले आफ्नो आम्दानीको स्रोत नघट्ने गरी व्यावसायिक लप्सी खेतीबाट त्यसको प्रवद्र्धन गरी लप्सी क्यान्डी, पाँउ, अचार लगायतका खाद्य पदार्थ बाहिरी जिल्लामा समेत निर्यात गर्ने योजना रहेको समूहकी अध्यक्ष निर्मला श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले समूहका करिब एक हजार २०० सदस्यलाई आफ्नो खेतमा नै खेती गर्ने गरी जिल्ला वन कार्यालयले निःशुल्क रुपमा उपलब्ध गराएको झन्डै तीन हजार लप्सीको बिरुवा वितरण भएको बताउनुभयो ।

लप्सी एकपटक रोपेपछि त्यसले बर्सेनि फल दिने र त्यसबाट बर्सेनि आम्दानी लिन सकिने छ ।

त्यस्तै महिला जागरण समूहले भूकम्पबाट पीडित महिलाका लागि उग्रचण्डीनाला गाविसमा एक साताको सीप सिकाइ तालिम दिन सुरु गरेको छ । भूकम्पबाट पीडित महिलालाई अझै पनि मानसिक तनाव छ । त्यसैले उनीहरुलाई व्यस्त बनाउन पनि यो तालिम दिन थालिएको हो अध्यक्ष श्रेष्ठले भन्नुभयो । तालिममा पोते बनाउन सिकाउनुका साथै मकैको खोस्टाबाट फूलको गुच्छा बनाउनसमेत सिकाइने छ ।

प्रतिक्रिया