रौतहट, १७ साउन । रौतहटमा पहिलो पटक सुविधा सम्पन्न हिरासत कक्षको निर्माण भएको छ ।
जिल्ला प्रहरी कार्यालय परिसरमा निर्मित महिलामैत्री हिरासत कक्षको निर्माणमा जिविस, गौर नगरपालिका, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक सहयोग गरेको हो ।
केही समयअघि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले जिल्ला प्रहरी कार्यालय निरीक्षणका क्रममा महिला थुनुवा राख्ने हिरासत कक्ष निर्माण गर्न सुझाव दिएको थियो ।
हिरासत कक्षमा महिला थुनुवा र पुरुष थुनुवा बस्ने छुट्टाछुट्टै शौचालयसहितको कोठा तथा टेलिभिजन र टेलिफोन सुविधा समेत उपलब्ध रहेको छ ।
सो हिरासत कक्षको उद्घाटन गर्दै प्रहरी उपरीक्षक सानुबाबु थपलियाले महिलामैत्री हिरासत कक्षको निर्माणपछि विशेष गरी महिला थुनुवालाई सहयोग पुग्ने बताउँदै सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।
प्रतिक्रिया