अविरल वर्षापछि धनगढी नगर क्षेत्र जलमग्न
धनगढी, १७ साउन । गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण धनगढी नगर क्षेत्रका अधिकांश बस्ती जलमग्न भएका छन् ।
वर्षाका कारण धनगढीको विशालनगर, शिवनगर, सेतो पुल, त्रिवेणी चोक, बोराडाँडी, हसनपुर, पशुपति टोल, बैयाबेहडीलगायतका क्षेत्रमा चार÷पाँच फिटसम्म पानी जमेपछि आवागमनमा समस्या भएको छ ।
वर्षाको पानी घरभित्र पसेपछि धनगढीको विशालनगर टोलमा एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवार सुरक्षित बासस्थानको खोजीमा रहेका छन् ।
मुख्य बजारको सडक र सहायक सडकमा दुई÷तीन फिटसम्म पानी जमेपछि आवागमनमा समस्या उत्पन्न भएको छ ।
वर्षाका कारण कैलालीको फूलबारी, हसुलिया, रतनपुर, बसौटी, लालबोझी, पहलमानपुरलगायतका गाविस क्षेत्र पनि जलमग्न भएका छन् ।
अविरल वर्षाका कारण कैलाली जिल्लाका मोहना, खुटिया, कान्द्रा, शिवगङ्गा, कर्णाली, पथरैयालगायतका नदीमा पानीको सतह बढ्न थालेको छ ।
बर्सेनि घरलगायतका संरचना जथाभावी रुपमा निर्माण हुँदै गएको अवस्थामा धनगढी नगर क्षेत्रमा पानी निकासको उचित व्यवस्थापन नहुँदा डुबानको समस्या पनि बढ्दै गएको छ ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया