सहरी विकास परियोजना लागू हुने

इनेप्लिज २०७२ साउन १७ गते ३:०५ मा प्रकाशित

धनगढी, १७ साउन । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा कैलाली र कञ्चनपुर जिल्लाका चार नगरपालिका क्षेत्रमा व्यवस्थित सहरी विकास परियोजना लागू गर्ने तयारी गरिएको छ ।

कैलालीका धनगढी नगरपालिका र अत्तरिया नगरपालिका तथा कञ्चनपुरका झलारी–पिपलाडी नगरपालिका र भीमदत्त नगरपालिका क्षेत्रमा सो परियोजना लागू गरिने धनगढी नगरपालिकाका इन्जिनियर दिजराज भट्टले बताउनुभयो ।

पाँचवर्षे सो परियोजनाअन्तर्गत नगर क्षेत्रमा सडक ढल, फोहर व्यवस्थापन, सडक सुधार तथा विस्तार, सहरी सेवा सुविधालगायतसम्बन्धी संरचना निर्माण गरिने छ ।

परियोजना कार्यान्वयनका लागि एडिबीको ऋण र अनुदानसमेत गरी करिब रु ११ अर्ब ५० करोड लगानी हुने छ । परियोजनाको कार्यान्वयन सन् २०१७ को जनवरीदेखि हुने छ । परियोजना कार्यान्वयनको सिलसिलामा एडिबीको टोलीले चारवटै नगर क्षेत्रका विकाससम्बन्धी योजनाको अध्ययन गरी प्रतिवेदन सरकारलाई पेस गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया