आइतबार, जेठ ३० २०७८
काठमाडौं ०१:४८
वासिङटन डिसी 16:03

छुरा प्रहार गरी हत्या

इनेप्लिज २०७२ साउन १७ गते २:०० मा प्रकाशित

hatyaगाईघाट (उदयपुर), १७ साउन । पहाडी गाविस बाँसबोटे–७ बुथकुनीमा शनिबार साँझ छुरा प्रहार भएर एक युवकको हत्या भएको छ ।

बुथकुनीका ४८ वर्षीय दलबहादुर राईले आफ्नो १८ वर्षको छोरा गम्भीरराजको हत्या गरेको अभियोग लगाइएको छ ।

स्थानीयवासी शिक्षक कुम्भराज राईका अनुसार बाबुछोराको बेंसी खेतमा धान रोप्ने क्रममा झगडा भएको थियो । साँझ खेतको काम सकेर घर फर्कने क्रममा बाबुले छोरालाई छातीमा छुरा प्रहार गर्दा छोराको घटनास्थलमा नै मृत्यु भएको बाँसबोटे उमाविका अर्का शिक्षक शिवराम राईले बताउनुभयो ।

प्रतिक्रिया