ब्राउन सुगरसहित एक युवा पक्राउ

इनेप्लिज २०७२ साउन १६ गते ४:५१ मा प्रकाशित

36279काँकडभिट्टा (झापा), १६ साउन । झापाको काँकडभिट्टामा २५० ग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् ।

भारतको पानीट्याङ्की नाकाबाट नेपालतिर आउँदै गर्दा मेचीनगर–३ का २६ वर्षीय अरुण राईलाई शुक्रबार साँझ मेची पुलबाट पक्रेको लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाले जनाएको छ ।

काँकडभिट्टाको सीमावर्ती भारतीय बजार पानीट्याङ्कीबाट रिक्सा चढेर आइरहेका राईको गतिविधि शङ्कास्पद लागेर जाँच गर्दा लागुऔषध बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

अभियुक्तलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।

प्रतिक्रिया