गौ हत्याका दोषीमाथि कारबाहीको माग गर्दै सुदूरपश्चिम बन्द आह्वान

इनेप्लिज २०७२ साउन १६ गते २:१५ मा प्रकाशित

कञ्चनपुर, १६ साउन । गौ हत्याका दोषीमाथि कारबाहीको माग गर्दै आज सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ ।

हिन्दूराष्ट्र संरक्षण सङ्घर्ष समितिले कैलालीका विभिन्न स्थानमा निर्ममरुपमा गाईको हत्या गर्ने कार्य हुन थालेकाले दोषीमाथि कारबाहीको माग गर्दै बन्द आह्वान गरेको जनाएको छ ।
बिहानै महेन्द्रनगर बसपार्कबाट छोटो दूरीका यातायातका साधन सञ्चालन भइरहेका भए पनि लामो दूरीका यात्रुबाहक बस सञ्चालन हुन सकेका छैनन् ।

प्रतिक्रिया