उत्कृष्ट सामुदायिक विद्यालय, विद्यार्थी र अवकाश शिक्षकलाई सम्मान
भक्तपुर, १६ साउन । सामुदायिक विद्यालयतर्फ २०७१ सालको एसएलसी परीक्षामा उत्कृष्ट भएका भक्तपुरका सामुदायिक विद्यालय, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई शुक्रबार यहाँ सम्मान गरिएको छ ।
सामुदायिक मावि सामूहिक परीक्षा समिति भक्तपुरले आयोजना गरेको सम्मान कार्यक्रममा शिक्षा विभागका महानिर्देशक डिल्ली रिमालले अवकाश प्राप्त प्रधानाध्यापक तारामान जोशी, धर्मसुन्दर तुलाधर, हरिगोविन्द श्रेष्ठ, शिक्षक राजाराम श्रेष्ठ, भुवनचरण श्रेष्ठ, कुसुमलाल यादव, विजयलक्ष्मी भोमी, प्रेमराज थापा, निर्मला श्रेष्ठ र चन्द्रकान्त प्रजापतिलाई सम्मान गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा २०७१ सालको एसएलसीमा सामुदायिक विद्यालयबाट ८९.५ प्रतिशत ल्याउने सृष्टि दुमरु, ८८.७५ प्रतिशत ल्याउने रोशन श्रेष्ठ र क्षितिजधङ्ग श्रेष्ठलाई पुरस्कार प्रदान गर्दै सम्मान गरिएको छ ।
एसएलसीमा शतप्रतिशत नतिजा ल्याउने बालप्रेमी मावि, सिरुटार मावि, ९२.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने आजाद मावि र ९१.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने मेघा मावि र जिल्लास्तरीय परीक्षामा उत्कृष्ट हुने सुजन घिमिरे र अनुशा शिल्पकारलाई पनि कार्यक्रममा सम्मान गरियो ।
कार्यक्रममा विभागका महानिर्देशक रिमालले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारिँदै गएको भन्दै अझै सुधार्न मेहनत गर्नुपर्ने बताउनुभयो ।
जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जिल्लाको शिक्षाको अवस्थालाई सुधार्न आफू क्रियाशील रहेको बताउनुभयो । त्यस अवसरमा सम्मानित हुने शिक्षक जोशी र समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति प्रेमबहादुर खड्काले सामुदायिक विद्यालय पनि निजीभन्दा कम नभएको दाबी गर्नुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया