सर्वमान्य संविधान बन्नुपर्नेमा जोड
बुटवल, १५ साउन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले नेपाली जनताको चाहनाअनुसार सबैलाई मान्य हुने संविधान बन्नुपर्ने बताउनुभएको छ ।
मन्त्री डा रिजालले आज रुपन्देहीको सैनामैना नगरपालिका–५ मा स्थित प्रसिद्ध पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम धाममा सुरु भएको बोलबम धाम जलार्पण तथा श्रावणी मेलाको उद्घाटन गर्दै वर्तमान सरकार संविधानसभाबाट सकेसम्म धेरैलाई मान्य हुने खालको संविधान बनाउनेतर्फ गम्भीर रहेको बताउनुभयो । सरकारका प्रवक्ता डा रिजालले कुनै एक जाति वा धर्मको संविधान बनाउनु असम्भव रहेको बताउँदै शान्ति र स्थायित्व हुने गरी नयाँ संविधान निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
आज गुरुपूर्णिमादेखि सुरु बोलबम धाम जलार्पण कार्यक्रम भदौ १२ गते जनै पूर्णिमासम्म रहने पर्रोहा बोलबम धामका अध्यक्ष रामवली चौधरीले बताउनुभयो । कार्यक्रममा धामका प्रमुख संरक्षक आचार्य किशोरकुमार गौतम, नेपाली काँग्रेसका फणीन्द्रप्रसाद शर्मालगायतले बोल्नुभएको थियो ।
यसअघि आजै नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका डा रिजालले नेका सैनामैना नगर समिति रुपन्देहीले पर्रोहामा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दैे ‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’प्रति असन्तुष्ट दलसँग वार्ता भइरहेको बताउनुभयो । राजनीतिक दलले स्वीकार गरेको संविधान ल्याउन सरकार इच्छुक रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया