रौतहटमा सञ्चालित निःशुल्क आँखा शिविरबाट दुईसय चालीसजना लाभान्वित

इनेप्लिज २०७२ साउन १५ गते ४:१३ मा प्रकाशित

eyeरौतहट, १५ साउन । रौतहट जिल्लाको क्षेत्र नं ५ स्थित कटहरियामा बिहीबार आयोजित एकदिने निःशुल्क आँखा शिविरमा २४० जनाले आँखा जाँच गराएका छन् ।

शिविरमा आएकामध्ये ९६ जनामा मोतियाबिन्दु फेला परेको शिविर प्रमुख चिकित्सक शिवकुमार यादवले बताउनुभयो ।

ज्येष्ठ नागरिक ग्रामीण विकास नेपाल नामक संस्था तथा हेल्थ एज नेपाल नामक संस्थाको प्राविधिक सहयोगमा आयोजित शिविरमा फेला परेका मोतियाबिन्दुका सबै बिरामीलाई आँखा अस्पताल गौरमा निःशुल्क शल्यक्रिया गर्न व्यवस्था मिलाएको जानकारी चिकित्सक बिपिनकुमार साहले दिनुभयो ।

प्रतिक्रिया