कास्कीमा पहिरोबाट मृत्यु हुनेको सङ्ख्या तेइस पुग्योे
पोखरा, १४ साउन । गएरातिको भीषण वर्षासँगै आएको पहिरोले कास्कीको लुम्ले, भदौरे तमागी र ढिकुरपोखरी गाविसको वडा नं ९ ठूलीचौरमा आज अपरान्हसम्म मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार लुम्लेमा १६, भदौरे तमागीमा पाँच र ढिकुरपोखरीको ठूलीचौरमा दुईजनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये १३ महिला, पाँच पुरुष, चार बालक र एक बालिका छन् ।
उक्त घटनामा १८ जना घाइते छन् । भदौरे तमागीमा १४, लुम्लेमा तीन र ढिकुरपोखरीमा एकजना घाइते भएको प्रहरीले जनाएको छ ।
पछिल्लो विवरणअनुसार सो गाविसको ठूलीचौरस्थित टोपली दाहालको घर पहिरोले पुरेको र पहिरो पन्छाउने क्रममा १७ वर्षीया अस्मिता दाहाल र १९ वर्षीय प्रेमराज दाहाललाई मृत अवस्थामा निकालिएको थियो ।
घाइतेहरुको पोखराका मनिपाल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये छजना अवस्था गम्भीर रहेको बताइएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया