कास्कीमा पहिरोले सातजनाको मृत्यु, करिब २५ घर बगाए
इनेप्लिज
२०७२ साउन १४ गते २:५९ मा प्रकाशित
पोखरा, १४ साउन । गएरातिको भीषण वर्षासँगै आएको पहिरोले घर पुरेर कास्कीको भदौरे तमागी र लुम्ले गाविसमा गरी सातजनाको मृत्यु भएको छ ।
भदौरे तमागी–५ डुँडाखेतमा पहिरोले घर पुरेर दुई पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । उक्त घटनामा करिब २५ जना घाइते भएका छन् । पहिरोले १२ घर पुरेको छ । यसैगरी हर्पन खोलाको पुल पनि बगाएको छ । उद्धार टोली त्यहाँ जान सकेको छैन ।
यस्तै लुम्ले–५ घुम्तीमा पहिरोले घर पुर्दा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । सो ठाउँमा पनि पहिरोले करिब २० घर पुरेको छ । पोखरा–बागलुङ राजमार्गमा क्षति पुर्याएकाले उद्धार टोलीले पहिरो पन्छाउँदै घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया