बजेट नपाउँदा दलित छात्रावास भवन अलपत्र
वीरेन्द्रनगर, १४ साउन । सुर्खेतमा निमार्णाधीन अवस्थामा रहेको भवन अलपत्रमा परेको छ । करिब आधा दशकदेखि निर्माण सुरु गरिएको दलित छात्रवासको भवन बजेटकै कारण अलपत्रमा परेको हो ।
उच्च शिक्षा अध्ययन गर्ने दलित विद्यार्थीलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यका साथ निर्माण थालिएको भवनमा सरकारले बजेट व्यवस्था गर्न चासो नदिँदा अहिले अलपत्रमा परेको हो ।
भवन निर्माणको जिम्मा लिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले मुख्यतः बजेटकै अभावले भवन समयमै निर्माण सम्पन्न हुन नसकेको जनाएको छ । कार्यालयका सबइन्जिनियर मनोजकुमार यादवले भवन सम्पन्न गर्न रु ७८ लाख लाग्ने अनुमान गरिएको उक्त भवनका लागि अहिलेसम्म रु ४० लाख खर्च भइसकेको जानकारी दिनुभयो ।
कार्यालयका प्रमुख अम्बादत्त जोशीले निरन्तर बजेट नआउँदा छात्रवास अलपत्र बनेको बताउनुभयो । गत आवमा रु एक लाख मात्रै बजेट आएको भन्दै उहाँले छात्रावास निर्माणमा सरोकारवालाको पनि ध्यान नगएको गुनासो गर्नुभयो ।
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
प्रतिक्रिया