आज विश्व बाघ संरक्षण दिवस, बन्दले दिवसका कार्यक्रम स्थगित
रत्ननगर (चितवन), १३ साउन । विश्व बाघ दिवसका अवसरमा आज चितवन निकुञ्जले तय गरेको कार्यक्रम बन्दका कारण प्रभावित हुन पुगेको छ ।
दिवसको अवसरमा निकुञ्जले संरक्षणकर्मीलाई सम्मानसहित जनचेतनामूलक कार्यक्रम गर्ने तयारी गरे पनि बन्दका कारण प्रभावित भएको निकुञ्जका प्रवक्ता एवम् सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो । अनुकूल मिलाएर कार्यक्रम गर्ने उहाँले बताउनुभयो ।
चितवन निकुञ्जले अघिल्लो वर्ष बाघ संरक्षणमा उल्लेखनीय काम गरेबापत ‘क्याट्स अवार्ड’ समेत पाएको थियो ।
अहिले पर्सा वन्यजन्तु आरक्षको क्षेत्र विस्तार पनि भएको र चोरीसिकार पनि नभएकाले बाघको संरक्षण प्रभावकारी भएको दाबी उहाँले गर्नुभयो । विश्वका १३ देशमा बाघ पाइन्छ । नेपालसहित भारत, बङ्गलादेश, बर्मा, चीन, इन्डोनेसिया, लाओस, कम्बोडिया, म्यानमार, मलेसिया, भियतनाम, थाइल्यान्ड र रसियामा बाघ पाइन्छ ।
त्यसमध्ये चितवन निकुञ्जमा सबैभन्दा राम्रो बाघ संरक्षण रहेको तथ्याङ्कले देखाएको छ । विश्वमै अहिले सन् २०२२ सम्ममा २०१० को तथ्याङ्कभन्दा बाघ दोब्बर बनाउने भनेर कार्यक्रम चलिरहेको निकुञ्जले जनाएको छ ।
एक शताब्दीअघि विश्वमा एक लाख पाटेबाघ रहेकामा अहिले झरेर तीन हजार २०० मात्र रहेको विश्व तथ्याङ्क छ । सन् २०१३ मा गरिएको अनुगमनमा नेपालमा १९८ पाटेबाघ रहेको पाइएको थियो । त्यसमध्ये चितवन निकुञ्जमा मात्रै १२० बाघ रहेको प्रवक्ता टीकाराम पौडेलले बताउनुभयो । पछिल्लो समयमा चितवन निकुञ्ज क्षेत्रमा बाघको बासस्थान, आहारा प्रजाति र संरक्षण प्रभावकारी भएकाले सङ्ख्यामा पनि वृद्धि भएको अनुमान उहाँको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया