बन्दकर्ता सातजना प्रहरीको नियन्त्रणमा

इनेप्लिज २०७२ साउन १३ गते ४:३५ मा प्रकाशित

Chitwan_district_locationचितवन, १३ साउन । हिन्दू राष्ट्र बचाउ सङ्घर्ष समितिले अब बन्ने संविधानमा हिन्दू राज्य हुनुपर्ने माग गर्दै आज आह्वान गरेको चितवन बन्दका क्रममा अत्यावश्यक सवारीका साधन समेत बन्द गराएको भन्दै प्रहरीले आज बिहान ७ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक राजन अधिकारीका अनुसार अक्सिजन ग्यास बोकेको गाडीको चाबी खोसेको भन्दै चौबिसकोठीबाट एक र आँपटारीबाट ६ जनालाई नियन्त्रणमा लिएको हो । बन्द गराउन बिहानैदेखि आयोजक बजार क्षेत्रमा देखापरेका छन् । बिहानदेखि ठूला सवारी साधन चल्न सकेका छैनन् भने मोटरसाइकल फाट्टफुट्ट चलिरहेका छन् ।

प्रतिक्रिया