बिहीबार, असार ३ २०७८
काठमाडौं २२:१४
वासिङटन डिसी 12:29

दश लाखको लागतमा सडक निर्माण

इनेप्लिज २०७२ साउन १३ गते ४:३४ मा प्रकाशित

गौशाला, १३ साउन । महोत्तरी जिल्लाको सडोडवा गाविसमा रु १० लाखको लागतमा सडक निर्माण भएको छ ।

सहोडवा गाविस ७, ८ र ९ पर्ने हर्दिया गाउँमा रु १० लाखको लागतमा पक्की ढलान सडक निर्माण गरिएको हर्दिया युवा क्लबका अध्यक्ष भगवान दासले बताउनुभयो ।
सो गाउँमा पक्की सडक निर्माणका लागि सहोडवा गाविस कार्यालयले रु पाँच लाख ५० हजार लगानी गरेको छ भने बाँकी रु चार लाख ५० हजार स्थानीयवासीले व्यवस्था गरेको जानकारी गाविस सचिव धु्रवदेव झाले दिनुभयो ।

गाविस कार्यालयको आर्थिक सहयोग र स्थानीयवासीको आर्थिक तथा श्रमदानबाट बाटो निर्माण भएको छ भने अन्य वडामा पनि विस्तारै यस्तै प्रकारको सडक बनाइने लक्ष्य रहेको सचिव झाले बताउनुभयो ।

प्रतिक्रिया