बीचमै विद्यालय छाडेका एक सय अन्ठान्नब्बे बालबालिका विद्यालय भर्ना
कञ्चनपुर, १३ साउन । सामाजिक क्षेत्रमा क्रियाशील ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) कञ्चनपुरले विद्यालय शिक्षा पूरा गर्न नसकी बीचमै विद्यालय छाडेका मुक्त कमैयाका १९८ बालबालिकालाई तयारी कक्षामा समावेश गरी विद्यालय भर्ना गराएको छ ।
जिल्लाका देखतभूली, कृष्णपुर, झलारी, शङ्करपुरलगायतका ठाउँमा नेपाल शिक्षा कार्यक्रमअन्तर्गत तयारी कक्षा सञ्चालन गरी बालबालिकालाई विद्यालय भर्ना गराएको हो । विद्यालय जान नपाएका र बीचमै विद्यालय छाडेका १५ वर्षमुनिका बालबालिकाको तथ्याङ्क सङ्कलन गरी तयारी कक्षामा समावेश गरी कापी, कलम, झोला, विद्यालय पोशाकलगायत निःशुल्क रुपमा उपलब्ध गराई विद्यालय भर्ना गराउने कार्य गरिँदै आएको बेसका कञ्चनपुर संयोजक लालबहादुर बमले बताउनुभयो ।
“विद्यालय भर्नासँगै मुक्त कमैया, श्रमीक बालबालिकाको अध्ययन, विभेद निदान र शैक्षिक गुणस्तरका लागि कार्यसमेत गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । विद्यालय शिक्षा ग्रहण गर्ने उमेर ढल्केका १८ वर्ष माथिका युवायुवतीलाई जीवनयापन गर्न सहजता प्रदान गर्नका लागि व्यावसायिक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने कार्यसमेत सुरु गरिएको उहाँले जानकारी दिनुभयो । व्यावसायिक सीपअन्तर्गत सिलाइकटाइ ५८, डकर्मी १६, मोटरसाइकल मर्मत चार, वाइरिङ तीन, ब्युटीपार्लर दुई र कम्प्युटर मर्मत दुई गरी ८५ जनालाई स्वरोजगार तालिम निःशुल्क रुपमा उपलब्ध गराइसकेको उहाँले बताउनुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया