कारले ठक्कर दिँदा एकको मृत्यु

इनेप्लिज २०७२ साउन १३ गते ३:०४ मा प्रकाशित

accident-signदमक, १३ साउन । झापाको दमकमा गएराति ९ बजे भएको सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको दमक–९ स्थित चियादोकान सडकखण्डमा भएको सडक दुर्घटनामा मोरङ, विराटनगरका अन्दाजी २७ वर्षीय विनोद शाहको मृत्युभएको हो ।

पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एक कारले ठक्कर दिँदा बाटो काट्दै गरेका पैदलयात्री शाहको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । शाह दमकमा मिस्त्री काम गर्दै आएका थिए । दुर्घटनामा सख्त घाइते शाहको स्थानीय लाइफलाइन अस्पतालमा मृत्युभएको प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया