दूषित पानी र फोहोरका कारण लाग्ने रोगबाट बच्न ‘सफा घर’ अभियान
बाबियाचौर (म्याग्दी), १३ साउन । म्याग्दीको नारच्याङ् गाविस–९ ठाँडास्वाराका बासिन्दाले दूषित पानी र फोहोरका कारण लाग्ने रोगबाट बच्न ‘सफा घर’ अभियान सञ्चालन गरेका छन् ।
ठाँडास्वाराका बासिन्दाले घरायसी, वातावरणीय र सामुदायिक सरसफाइ तथा व्यक्तिगत आनीबानीमा सुधार गर्न थालेका छन् । शौचालय र शुद्ध खानेपानीको प्रयोगका साथै घर, गोठ, बाटो, बस्तीमा फोहोर नगर्ने, फोहोरको सुरक्षित व्यवस्थापन, व्यक्तिगत सरसफाइमा ध्यान दिने, सफा र ताजा खानेकुराको उपभोग गर्न थालेका छन् ।
दूषित पानी र फोहोरका कारण लाग्ने पखाला, आँउ, जुका र छालासम्बन्धी रोगबाट बच्नका लागि घरायसी, व्यक्तिगत र सामुदायिक सरसफाइमा जोड दिएको वडा प्रतिनिधि नन्दबहादुर गर्बुजाले बताउनुभयो ।
गर्बुजाका अनुसार ३२ घरधुरी रहेको ठाँडास्वाराका सबैले पक्की शौचालय प्रयोग गर्छन् । घरघरमा खानेपानीको धारा जडान भएको छ । घरायसी फोहोरलाई सुरक्षित रुपमा खाडलमा सङ्कलन गरेर कम्पोस्ट मल बनाउने गरिएको छ । घरआँगनको दिनहँु सरसफाइ गर्ने स्थानीयवासीले गाउँलाई सफा र सुन्दर बनाउन महिनामा दुईपटक सरसफाइ कार्यक्रम गर्दै आएका अन्नपूर्ण आमा समूहका अध्यक्ष पवित्रा खड्काले बताउनुभयो ।
घाँसा–तातोपानी वैकल्पिक पदमार्गअन्तर्गत पर्ने उक्त गाउँ समुदायको सक्रियताका कारण चिटिक्क भएको छ । पाँच वर्षअघि खुल्ला दिसामुक्त घोषणा भएको नारच्याङ् गाविसमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा परियोजनाले आनीबानी परिवर्तन र सरसफाइका थप अभ्यासका बारेमा सचेतनामूलक कार्यक्रम गर्न सघाएको छ ।
फोहोरले मानव स्वास्थ्यमा पार्ने असर न्यूनीकरणका लागि घरदैलो, तालिम र अभिमुखीकरण गरेर समुदायलाई सचेत बनाइएको सुआहारा परियोजनाका जिल्ला संयोजक पासाङदेवी शेर्पाले बताउनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया