विपन्न दलितलाई सोलार वितरण
दमक, १३ साउन । झापाको शिवसतासी नगर क्षेत्रभित्र रहेका आर्थिक अवस्था कमजोर दलित समुदायका ५४ घरपरिवारलाई सोलार बत्ती वितरण गरिएको छ ।
दलित सशक्तीकरण उपभोक्ता समिति शिवसतासीले हिजो दुधेमा औपचारिक कार्यक्रम गरी ती सोलार वितरण गरेको हो । नगरभित्रका प्रत्येक वडाबाट ६ जना गरी ५४ जना विपन्न वर्गलाई सोलार नगरपालिका अधिकृत हरिबहादुर गुरागाईंले हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा अधिकृत गुरागाईंले विद्युत्भार कटौती र चर्को विद्युत् शुल्कले आजित भएकालाई सोलारबाट ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाको रु एक लाख ३५ हजार आर्थिक सहयोगमा सोलार वितरण गरिएको हो । समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर विश्वकर्माले आर्थिक अवस्था कमजोर भएर अन्धकारमा रात बिताउन बाध्य दलित समुदायलाई राज्यको पहुँचभित्र ल्याउन यस प्रकारको कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।
अमेरिकाले युक्रेन राजधानी कीभमा दूतावास पुन: खोल्यो
बाइडेनद्वारा अमेरिकामा शिशुका आहार अभावलाई सम्बोधन गर्न रक्षा उत्पादन ऐन आह्वान
‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
“कुन्ती मोक्तान साँझ “ को मिती परिबर्तन गरिएको बारे
अमेरिकी महिला भकुण्डो टोलीलाई पुरुष टोली सरह तलव दिने
प्रतिक्रिया