बेवारिसे शव व्यवस्थापन गर्न भरतपुर अस्पताललाई समस्या
चितवन, १३ साउन । जिल्लाको सदरमुकाममा रहेको भरतपुर अस्पतालमा थुप्रिएका शव व्यवस्थापन गर्न जटिल बन्दै गएको छ ।
विभिन्न ठाउँमा हुने दुर्घटना र नदीले बगाएर ल्याउने बेवारिसे शवका कारण अस्पतालमा रहेको शव गृह भरिँदा अस्पताल दुर्गन्धित बनेको छ । स्थायी ठाउँ नहुँदा शव व्यवस्थापन भरतपुर अस्पतालको टाउको दुखाइको विषय बनेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीका अनुसार एक महिनामा १५ वटाको हाराहारीमा शव सङ्कलन हुने गर्दछ । जिल्लाका जुनसुकै अस्पतालमा आएका दुर्घटनाका मृतकको शव सनाखत गर्न भरतपुर अस्पताल ल्याइन्छ । त्यसका अतिरिक्त नवलपरासी र त्रिशूली, नारायणी र राप्ती नदीमा बेवारिसे रुपमा बगाएर ल्याएका शव प्रहरीले अस्पतालकै शवगृहमा ल्याएर राख्ने गर्दछ । अस्पतालको शव गृहको क्षमता ६ वटाको मात्रै रहेको छ ।
नगरपालिकाका वरिष्ठ इन्जिनियर भरत आचार्य दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायसँग गम्भीर छलफल गरी समाधान खोजिनुपर्ने भए पनि त्यसो हुन नसक्दा समस्या भएको बताउनुहुन्छ । नियमत सरकारी अस्पतालले चिकित्सक प्रयोग गरी शवपरीक्षण गर्नुपर्ने हुन्छ भने शवको व्यवस्थापन स्थानीय निकायले गर्नुपर्ने हुन्छ ।
पाँच महिनाअघि सम्म स्थानीय जलदेवी सामुदायिक वन क्षेत्रमा शव व्यवस्थापन गरिँदै आएको थियो । सो वनले समेत विरोध जनाएपछि दाहाखानी पुर्याएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह ऐनले शवको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय गाविस र नगरपालिकालाई दिएकाले त्यसको दीर्घकालीन व्यवस्थापन उनीहरुले नै गर्नुपर्ने बताउनुहुन्छ ।
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
प्रतिक्रिया