जयश्रीपुलमा क्षति भएपछि चितवनमा सयौँ सवारी र यात्रु अलपत्र
रत्ननगर (चितवन), १२ साउन । पूर्व पश्चिम राजमार्गअन्तर्गत गैँडाकोटको जयश्री खोलाको पुलमा क्षति पुगेर यातायात अवरुद्ध भएपछि पूर्वबाट पश्चिम जाने तथा राजधानीबाट पश्चिम नेपाल तर्फ जाने यातायात प्रभावित भएका छन् ।
चितवनको नारायणगढ, आँपटारी र बसपार्कमा सयौँ सवारी र हजारौँ यात्रु सोमबार साँझदेखिनै अलपत्रमा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नवलपरासी गैँडाकोटमा रहेको उक्त पुलमा क्षति पुगेपछि यातायात अवरुद्ध हुन पुगेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
वैकल्पिक मार्ग बनाउने तयारी गरिएको भए पनि अहिलेसम्म काम हुन सकेको छैन । तीन वर्षअघि पनि सोही स्थानमा पुलमा क्षति पुगेकाले मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो ।
स्थानीयका अनुसार ओभरलोडको गाडीका कारण पुल लच्किएर क्षति पुगेको हो । अहिले सो पुलमा यात्रुलाई पैदल आवागमनमा समेत रोक लगाइएको छ भने सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
चितवनको नारायणगढदेखि पोखराबसपार्कसम्मै गाडीका लाइन लागेका छन् । आँपटारीमा समेत गाडी राखिएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट आएका गाडी जयश्रीपुल पारी नै रहेका छन् । स्थानीयले भनु पुल भाँचिएको बताएका छन् ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया