सिद्धिको सम्रग विकासका लागि पाँच बर्षे कार्ययोजना निर्माण शुरु

इनेप्लिज २०७२ साउन ११ गते १३:३७ मा प्रकाशित
 _DSC1015चितवन, ११ साउन । चेपाङ समुदायको बाहुल्य रहेको चितवनको विकट पहाडी गाविस सिद्धिको सम्रग विकासका लागि पाँच बर्षे कार्ययोजना निर्माण शुरु भएको छ ।

चेपाङहरुको जिवनस्तर उकास्दै गाविसको सर्वाङिण विकासका लागि आज सहभागितामूलक योजना गोष्ठि गरी कार्ययोजनाका लागि सुझाव संकलन गरिएको छ । जुन ठाउँको विकास गर्ने हो त्यही स्थानका जनताको राय सुझाव आवश्यक भएकाले चेपाङहरुलाई नै सहभागी गराएर सुझाव लिन सुरु गरिएको हो ।
_DSC1003विगत ४ बर्षे गरिब तथा दिनदुःखीलाई विभिन्न प्रकारले सहयोग गर्दै आएको सपना भिलेज सोसल ईम्प्याक्ट सौराहाले सिद्धि गाविसका पुरै घरपरिवार लक्षित गरि सम्रग विकास गर्न ५ बर्षे कार्ययोजना निर्माण शुरु गरेको हो ।

गाउँ कस्तो बनाउने भन्नेमा चेपाङहरुले नै योजना बनाउने र सपना भिलेजले कार्यान्वयनमात्रै गर्ने अध्यक्ष ध्रुव गिरीले बताए ।_DSC0994

‘यहाँ धेरै चेपाङहरुका लागि कार्यक्रम आए तर प्रभावकारी देखेनौ, स्थानिय चेपाङ अगुवा महेन्द्र चेपाङले भने, स्थानियलाई नै सहभागि गराउँदा योजना सफल हुने विश्वास छ ।’

।

अब छिट्टै हाम्रो संस्था सपना भिलेज, फेमि फाउन्डेसन नेदरल्याण्ड र सरकारसगं सहकार्य गरि ५ बर्ष कार्यक्रम लागु गरी गाउंलाई नै नमुना बनाईने छ, उनको थप भनाई थियो । जिपिकोपार्जन, शिक्षा, स्वास्थ्य र स्वरोजगारका लागि उत्प्रेरणा मिल्ने कार्यक्रम देखि पुन निर्माणका काम गरिनेछ अध्यक्ष गिरीको भनाई छ ।

यसैवीच योजना तर्जुमाका लागि सिद्धिका राजनीतिक दल, शैक्षिक संस्था चेपाङ अगुवा, तथा गाविसका प्रतिनिधिहरु विच आज छलफल भएको छ । उनीहरुले आयआर्जन, गाउँका बस्ती व्यवस्थापन, तीन साले खोरीयाको पुर्जा उपलव्ध हुनुपर्ने लगायतका माग राखेका थिए ।

उनीहरुले चेपाङहरुका लागि राज्यले उच्च शिक्षा सम्म आवासिय रुपमा निशुल्क शिक्षा, स्वास्थ्य तथा रोजगार उपलव्ध गराउनुपर्नेमा जोड दिए । गोष्ठिमा करुणा फाउण्डेसनका कार्यक्रम निर्देशक योगेन्द्र गिरी, सपना भिलेजका सञ्चालक नारायण वन, सपना भिलेजका म्यानेजर सुझाव बस्नेत लगायतले कार्यक्रमबारे जानकारी दिएका थिए । सौराहामा सम्पन्न गोष्ठीमा गाविसका ४५ जना बढीको सहभागीता थियो ।

प्रतिक्रिया