एकीकृत परियोजनाबाट विद्यालय लाभान्वित हुने
नेपालगन्ज, ११ साउन । एकीकृत परियोजनाअन्तर्गत बाँके जिल्लाका १९ विद्यालय र त्यहाँ अध्यनरत विद्यार्थीलाई बाँके युनेस्को क्लबले शैक्षिक सहयोग उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक तथा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहयोगमा क्लबले ती विद्यालयका शैक्षिक पूर्वाधार निर्माणका लागि आवश्यक शिक्षण सामग्री तथा त्यहाँ अध्यनरतमध्ये अपाङ्गता, अभिभावक नभएका र गरिब परिवारका १०० बालबालिकालाई सहयोग गर्ने जनाएको छ ।
सन् २०१५ देखि २०१८ सम्म सञ्चालन अवधि रहेको एकीकृत परियोजनाअन्तर्गत समेटिएका विद्यालयका शिक्षक, शिक्षिका, प्रधानाध्यापक र विद्यालय निरीक्षकलाई पनि गुणस्तरीय सिकाइ तथा वातावरण सिकाइ उपलब्धिसम्बन्धी अभिमुखीकरण गर्दै आएको क्लबका अध्यक्ष परवेजअलि सिद्धिकी बताउनु भयो ।
परियोजनाअन्तर्गत क्लबले विद्यार्थीको विद्यालय पोसाक, पोसाक सिलाउन नगद रु ४००, एक वर्षका लागि पुग्ने कपी, कलम, ब्यागलगायत सामग्री रहेको छ ।
विद्यालयमा भर्ना हुने तर, आर्थिक कारणले बीचमै विद्यालय छाड्ने सङ्ख्या घटाउने तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित परियोजनाअन्तर्गत बाल संरक्षण र बालअधिकार तथा सुशासन विषय पनि समेटिएको छ ।
परियोजना जिल्लाको शैक्षिकस्तरलाई उठाउन सफल हुने र विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न कोसेढुङ्गा सावित हुन सक्ने नेपाल राष्ट्रिय निमाविकी प्रधानाध्यापिका ललिता उपाध्यायले बताउनु भयो ।
परियोजनाअन्तर्गत आइतबार क्लबले जिल्लाका १७ मदरसा र दुई विद्यालयलाई रु १६ हजार बराबरको शिक्षण सामग्री उपलब्ध गराएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया